भिडियो

राजा ज्ञानेन्द्रले त प्रचण्ड–बाबुरामलाई समेत सन्तानलाई झै माया गरे (भिडियोसहित)

राजा ज्ञानेन्द्रले त प्रचण्ड–बाबुरामलाई समेत सन्तानलाई झै माया गरे (भिडियोसहित)

काठमाडौं । बसन्त विक्रम पाण्डे, शिव सेना नेपालका प्रवक्ता हुन्  । नेपालआजसँगको कुराकानीका क्रममा पाण्डेले नयाँ आयामबाट राजनीतिक बहस छेडेका छन् । उनले मूलतः राजनीतिलाई धर्मको दृष्टिबाट व्याख्या र विश्लेषण गर्ने प्रयास गरेका छन् । 

उनले जब जब ज्ञानीहरुको बुद्धि भ्रष्ट हुन्छ, तबतब रावणजस्तो ब्रम्हज्ञानी पनि सीतामाताको अपरणकारी बन्यो, लाखौं निर्दोषहरुको हत्याको कारक बनेको बताए । पाण्डे भन्छन्, ‘बाबुराम र प्रचण्ड पनि पढेलेखेका ब्राम्हणहरु नै हुन् । यिनीहरु कलियुगका रावण नै हुन् । जसका कारण हजारौं निर्दोष नागरिकले ज्यान गुमाउनु पर्‍यो ।’

नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्नुको अभिप्राय इसाई धर्मलाई प्रबद्र्धन गर्नुमात्रै रहेको प्रवक्ता पाण्डेले दावी गरे । एकातिर धर्मनिरपेक्षता भन्ने अर्कोतिर इसाई धर्म प्रबद्र्धन गर्ने कार्यक्रममा गएर होली वाइन पिउने प्रधानमन्त्री ओलीको दोहोरो चरित्र भएको पाण्डेको आरोप छ । उनले भने, ‘यो धर्मनिरपेक्षता होइन, इसाइ सापेक्षता हो । यिनीहरुले संविधान जारी गरेको बताउँछन्, संविधान होइन बाइबल लागू गरिएको हो ।’

शिव सेनाले धर्मनीतिभित्र रहेर राजनीति सञ्चालन हुनुपर्छ भन्ने मान्यता राख्छ । ‘सश्त्र ÷ शास्त्र’ , ‘माला र भाला’को ठीक संयोजनबाट नै मुलुक सञ्चालन गर्नुपर्छ । ताकि मुलुकभित्र धर्म पनि होस्, राजनीति पनि होस् । प्रवक्ता पाण्डेले शिव सेनाले शान्तिपूर्ण आन्दोलनबाटै हिन्दुराष्ट्र र राजसंस्था पुनस्र्थापना गर्ने दावी गरे । 

आजको दिनमा राजा देशका विभिन्न भागको भ्रमण गर्न निस्किन्छन् । हजारांै नागरिक स्वागतका लागि निस्किन्छन् । तर नेताहरु आफ्नै निर्वाचन क्षेत्रमा जान सकिरहेका छैनन् । पाण्डे भन्छन्, ‘माधवकुमार नेपाललाई जनताले उहाँकै निर्वाचन क्षेत्रबाट लखटे । लालबाबु पण्डीत लखेटिए । गगन थापा लखेटिए ।’
 

विशेष