दुरसञ्चार विधेयकमा देउवाको कडा आपत्ति
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याउन लागेको दुरसञ्चार विधेयकप्रति आपत्ति जनाउनुभएको छ । ३७ औँ वीपी स्मृति दिवसका अवसरमा आज काठमाडौंमा भएको कार्यक्रममा सभापति देउवाले टेलिफोनबाट गाली बेइज्जती गरे कारबाही गर्ने बहाना बनाएर सरकारले नागरिकको गोपनीयताको हक माथि धावा बोल्न लागेको आरोप लगाउनुभयो ।
अभिव्यक्ति स्वतन्त्रता र मिडिया काउन्सिल विधेयकमार्फत प्रेस स्वतन्त्रता हनन गरी सरकार अधिनायकवादी बाटोमा लागेको उहाँको भनाइ थियो ।
कार्यक्रममा कांग्रेस उपसभापति विमलेन्द्र निधि, प्रवक्ता विश्वप्रकाश शर्मा, पुराना राजनीतिज्ञ ढुण्डीराज शास्त्रीलगायतकाले वीपीको राजनीतिक योगदानको चर्चा गरेका थिए ।