कृषिमन्त्री खनाल र उद्योगमन्त्री यादवको जागिर चैट निश्चित
काठमाडौं । ढिलोमा साउनको १५ नकटाउने गरी मन्त्रिपरिषद हेरफेर हुँदैछ । आधा आधा कार्यकालको सहमति कार्यान्वयनको चरणमा पुग्दा ६०–४० अर्थात तीन र दुई वर्षको प्रस्ताव आउनस सक्ने सम्भावना भने जीवितै छ ।
जसरी अहिले नयाँ अर्थमन्त्रीका रुपमा महासचिव विष्णु पौडेलको चर्चा चलिरहेको, त्यो सत्य होइन । नेकपास्रोतका अनुसार केही दिनमै हुने मन्त्रिपरिषद हेरफरमा विष्णु नजाने निश्चित छ । उहाँले प्रचण्डको कार्यकालमा उपप्रधानसहित अर्थमन्त्रालय सम्हाल्ने र अहिले पार्टी काममै लाग्ने सल्लाह छ । नयाँ मन्त्रीका निमित्त वरिष्ठ नेता माधव नेपालको सूचीमा भीम रावल, सुरेन्द्र पाण्डे र योगेश भट्टराईको नाम छ ।
विभिन्न समयमा दिएको तिखो अभिव्यक्तिका कारण भीम र प्रमको सम्बन्ध सुमधुर छैन । तर, माधवको सुझाव छ, ‘निर्वाचित उपाध्यक्षबाट बेदखल गरिएका कारण एडजस्ट गर्दा राम्रो हुन्छ ।’
माधवको सूचीमा परेकामध्ये सुरेन्द्र पाण्डेलाई अर्थ नदिइने पक्का छ । योगेशको हकमा सहरी विकासको पनि सम्भावना छ । सरकारबाट उद्योगमन्त्री मातृका यादव, कृषिमन्त्री चक्रपाणि खनाल, सहरी विकास मन्त्री इस्तियाक राइन, श्रममन्त्री गोकर्ण विष्ट, पर्यटन राज्यमन्त्री धनबहादुर बुढाको बहिर्गमन हुने करिब निश्चित नै छ ।
जनआस्था साप्ताहिकबाट