राजनीति

चीन जाँदा ब्याग हराए

चीन जाँदा ब्याग हराए

काठमाडौं । प्रदेश ५ का मुख्मन्त्री शंकर पोखरेलको चीन भ्रमणका बेला झोला हराएको छ । भ्रमण सकेर खुन्मिङबाट काठमाडौं फर्किने बेला एअरलाइन्स काउन्टरमा चेक इन हुँदा उहाँको ह्याण्ड क्यारीका रुपमा रहेको ब्याग हराएको हो । जसमा ल्यापटप, डायरी र महत्वपूर्ण कागजपत्र थिए । 

सँगै गएका एक जना प्रतिनिधिले बताएअनुसार ब्याग हराएको कुरा काठमाडौं आएपछि मात्रै थाहा भएको हो । लगेज बटुल्ने क्रममा मुख्यमन्त्रीले ल्यापटप भएको ब्याग खोइ भनेर सोधेका थिए । एकले अर्कोको टाउकोमा हात लगाउँदै सबै पन्छिन थालेपछि ब्याग हराएको थाहा भयो । 

भिआइपी च्यानलबाट आएका मुख्यमन्त्रीको ब्याग चेक इन हुनुपहिले नै हराएको रहेछ । ब्याग हराएपछि एकअर्कामाथि आरोप लगाउने कामले विमानस्थलमै निकैबेर चर्काचर्की भयो । कसैले होटलमा छुटेको बताएर मलाई के थाहा भन्दै पन्छिए भने कोही चाहिँ विमानस्थलमा जाँदा गाडीमा छुटेको बताएर आफ्नो जिम्मेवारी हैन भन्दै थिए । जनआस्था साप्ताहिकबाट

विशेष