यी मन्त्रीलाई जबर्जस्ती लोकप्रिय हुनु छ, कर्मचारी तनाबमा, पढ्नुहोस् के गरे
काठमाडौं । आफू लोकप्रिय बन्नका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कदम चाल्दा एकजना सहसचिवले नराम्ररी तनाव झेल्नु परेको छ। तनावकै कारण परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले मन्त्रीसमक्ष आफूलाई जिम्मेवारीमुक्त तुल्याउन अनुरोध गरेका छन्। डेढ वर्षअघि नियन्त्रक बनेर गएका अधिकारीले पछिल्लो समय भने म्त्रीको दबाब झेल्न नसक्दा त्यस्तो अनुरोध गरकेा हुन्।
यो वर्षको एसइई परीक्षाको नजिजा आएपछि सि वा त्यो भन्दा तल ग्रेड ल्याउने विद्यार्थीले न्यूनतम दुई विषयमा मौका परीक्षा दिन पाउने टुंगो केही समयपूर्व परीक्षा बोर्डले गरेको थियो। त्यसको निम्ति परीक्षा नियन्त्रक कार्यालयले आगामी साउन २३ र २७ गतेका लागि रुटिनसमेत निकालेको थियो। पनिकाले रुटिन निकालेपछि मन्त्री पोखरेलले नियन्त्रक अधिकारीलाई 'दुईवटा विषयको मात्र होइन, आठवटै विषयको मौका परीक्षा दिने व्यवस्था गर्नु म मन्त्रालयबाट निर्णय गराउँछु' भनेपछि पनिकाले मन्त्रीले भनेबमोजिम नै काम बढायो र आगामी भदौ १ गतेदेखि ११ गतेसम्म मौका परीक्षाका लागि सूचनासमेत निकाल्यो।
तर एसइईमा दुवटा विषयमा मात्र मौका परीक्षा दिने प्रचलनलाई तोडेर सबै आठवटै विषयमा मौका परीक्षा दिन पाउने गराएपछि परीक्षा नियन्त्रक अधिकारी तनावमा परे। किनभने, मौका परीक्षाका निम्ति आठवटै विषयमा दिन पाइने भनिएपछि नियन्त्रक अधिकारी तनावमा परेका हुन्। भदौ १ गते आउन थोरै समयमात्र बाँकी रहेको हुँदा यो अवधिमा न त आठवटै विषयको प्रश्नपत्र छाप्न भ्याइन्छ न उत्तरपुस्तिका नै छाप्ने समय पुग्छ। किनभने, यो वर्ष एसइई उत्तीर्ण हुनेमा सी वा सोभन्दा तल ग्रेड ल्याउनेहरू ३ लाख ६० हजार ६ सय विद्यार्थी छन्। त्यति ठूलो संख्याका विद्यार्थीले मौका परीक्षा दिन पाउने भएपछि प्रश्नपत्र र उत्तरपुस्तिका छाप्ने समयअवधि नरहेको बताइन्छ। यो खबर आजको बुधबार साप्ताहिकबाट लिइएको हो।
गिरिराजमणि पोखरेल