Breaking News

लिबियाको तटमा शरणार्थी जहाज डुब्दा कम्तिमा १५० को मृत्यु 

लिबियाको तटमा शरणार्थी जहाज डुब्दा कम्तिमा १५० को मृत्यु 

बिबिसी । लिबियाको सामुद्रिक तटमा शरणार्थी सवार एक जहाज डुब्दा कम्तिमा सय पचास जनाको मृत्यु भएको छ ।  संयुक्त राष्ट्र संघीय शरणार्थी एजेन्सी (युएनएचसिआर)का अनुसार डुबेका मध्ये झण्डै १५० जनालाई स्थानीय माझीहरुले बचाएका थिए । 

लिबियाको राजधानी त्रिपोलीदेखि १२० किलोमिटर पर रहेको एक सहरबाट सो पानीजहाज ती शरणार्थीहरुलाई बोकेर गन्तव्यतर्फ प्रस्थान गरेको थियो ।  अहिले पनि त्यति धेरै शरणार्थीहरु एकै जहाजमा थिए वा दुई जहाज थिए भन्ने एकिन हुन सकेको छैन । 

संयुक्त राष्ट्र संघले भूमध्य सागरबाट उद्दार गरिएकाहरुलाई फेरि लिबिया फिर्ता नगर्ने पटक पटक आग्रह गरेको छ ।  तर फिर्ता पठाइने कारण शरणार्थीहरु फिर्ता हुने क्रममा दुर्घटनामा पर्दै आएका छन् । 

गत मईमा ट्युनिसियाको सामुद्रिक तटको नजिकै एक जहाज डुब्दा करिब ६५ जनाको ज्यान गएको थियो । घटनामा १६ को उद्दार गरिएको थियो ।  
पानीजहाजको क्षमताभन्दा बढी शरणार्थीहरु राखेर यात्रा गराइन्छ । जसका कारण पानीजहाज डुब्ने खतरा धेरै हुन्छ । यद्यपि सन् २०१७ देखि शरणार्थीहरुको यात्रा निकै कम भएको छ । 

इटालीले लिबियाको सेनासँग मिलेर शरणार्थीहरु रोक्दै आएको छ । सामुद्रिक मार्गबाट आएका शरणार्थीहरुलाई सोही बाटो भएर फिर्ता पठाउने गरिएको छ । मानवअधिकारवादीहरुले यो शैलीको विरोध गरेका छन् । २०१९ को पहिलो तीन महिनामा १५ हजार ९ सय प्रवासी र शरणार्थीहरु भूमध्यसागरको बाटो भएर युरोप प्रवेश गरेका थिए । 
 

विशेष