राजनीति

जयशंकरसँग कुरा मिलाउन नयाँदिल्लीमा 'गुप्त' फोन

जयशंकरसँग कुरा मिलाउन नयाँदिल्लीमा 'गुप्त' फोन

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका सहअध्यक्ष प्रचण्ड भारतीय विदेशमन्त्री एस जयशंकरसँग कुरा मिलाउन आतुर रहेको बुझिएको छ

प्रचण्डले गतसाता नेपालका लागि भारतको राजदूत रहिसकेका एक व्यक्तिलाई टेलिफोन गरी एस जयशंकरसँग विश्वासको वातावरण बनाइदिन र आफूलाई भारतमा बोलाउने तारतम्य मिलाइदिन आग्रह गरेका थिए। प्रचण्डनिवासको सूत्रका अनुसार उनले श्यामशरणसँग संवाद गरेका थिए, या रञ्जित रेसँग भन्ने स्पष्ट हुन सकेको सकेन, तर संवादको एकतर्फी व्यहोरा सुन्दा नेपालमा राजदूत भइसकेका कुनै व्यक्तिसँग कुराकानी भइरहेको प्रष्ट बुझिन्थ्यो।

नयाँदिल्लीस्थित सूत्रका अनुसार श्यामशरण यतिबेला भारतमा उपेक्षित र कांग्रेससँगको अधिक निकटताका कारण भारतको नयाँ सत्ताले उनीसँग दूरी बनाएको छ। भाजपा सरकारसँग निकट नभए पनि रञ्जित रेको चाहिँ एस जयशंकरसँग विशेष सम्बन्ध रहेको बताइन्छ। त्यसैले प्रचण्डले रञ्चित रेलाई नै टेलिफोन गरी विदेशमन्त्रीसँग सम्बन्ध राम्रो बनाइदिन आग्रह गरेको हुन सक्ने दखिन्छ। यो खबर आजको घटना र विचारबाट लिइएको हो। 

एस जयशंकर प्रचण्ड

विशेष