सदनको अवरोध खुलाउन सभामुखको पहल, सर्वदलीय बैठक आह्वान
काठमाडौँ । संघीय संसदको प्रतिनिधि सभामा पछिल्ला दिनमा प्रतिपक्षी दलहरुले विरोध जारी नै राखेपछि सभामुख कृष्णबहादुर महरा समस्या समाधानका लागि तातिएका छन् । बुधबार पनि झण्डै एक घण्टा प्रमुख प्रतिपक्षीसहितका दलले सर्लाही घटनाको छानबिनको माग गर्दै सदनमा नाराबाजी गरेपछि संसदको कामकारबाही सुरु हुन सकेन ।
संसद लगातार अवरुद्ध हुने देखिएपछि समस्या समाधानका लागि सभामुख कृष्णबहादुर महराले बिहीबार मध्याह्न १२ बजे सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।
आफ्नो च्याम्बरमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख महराले विहिबार १२ बजेका लागि सर्वदलीय बैठक बोलाइएको जानकारी दिनुभयो। संसदमा भइरहेको अवरोध र बैठक सञ्चालनका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि छलफल गरेको उहाँले जानकारी दिनुभयो ।