राजनीति

मन्त्री पण्डित भन्छन्, ‘एक सुब्बाको सरुवा गराउन २२ सांसद लागे’

मन्त्री पण्डित भन्छन्, ‘एक सुब्बाको सरुवा गराउन २२ सांसद लागे’

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले एक नासुको सरुवा गराउन ३२ सांसद लागेको सुनाएका छन्। प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा निजामति विधेयकको दफाबार छलफलमा बुधबार उनले कर्मचारीमा सांसदले दबाब दिने गरेको औँल्याएका हुन् ।

 

‘कर्मचारीको सरुवा नबोक्ने माननीयहरुको संख्या कति होला?’ उनले भने, ‘एकजना नायव सुब्बाले एक ठाउँमा सरुवा गराउन ३२ जना माननीयलाई लिएर मकहाँ आए, तर मैले गरिन।’ उनले ती नासु र सांसदको नाम नखुलाई अघिल्लो कार्यकालको घटना भन्दै अहिले त्यस्तै अवस्था रहेको बताए। ‘मैले १० औं गुना पीडा भोगेको छु, सरुवाका लागि मन्त्रालयमा शारीरिक बल समेत प्रयोग हुने गरेको छ।’ मन्त्री पण्डितले भने।  पूर्वमन्त्री तथा राज्य व्यवस्था समिति सदस्य जनार्दन शर्माले पनि कर्मचारीहरु सरुवा गराइदिनुपर्यो भन्दै धाउने गरेको बताए। यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

लालबाबु पण्डित नासु सरुवा

विशेष