राजनीति

नेकपामा मुख्य तीन गुट, कसको शक्ति कति ?

नेकपामा मुख्य तीन गुट, कसको शक्ति कति ?

सचिवालय
नौ सदस्यीय सचिवालयमा अध्यक्ष ओलीलाई महासचिव विष्णु पौडेल र सदस्य ईश्वर पोखरेलको साथ छ । अर्का अध्यक्ष प्रचण्डसँग नारायणकाजी श्रेष्ठ छन् । अहिलेसम्म खुलेर नदेखिए पनि रामबहादुर थापा ‘बादल’ प्रचण्डसँगै छन् । झलनाथ खनाल र वामदेव गौतम माधव नेपाल र प्रचण्डसँग समदूरीमा छन् । पछिल्ला बैठकहरूमा माधव नेपाल र प्रचण्ड नजिकिएको देखिन्छ । 

 

स्थायी समिति
४५ सदस्यीय स्थायी समितिमा प्रचण्डनिकट १३, ओली र नेपालनिकट १२र१२ जना छन् । प्रचण्डनिकट उपगुटमध्ये नारायणकाजी श्रेष्ठनिकट २ र बादलनिकट ४ नेता छन्। 

 

केन्द्रीय कमिटी
१३ महिना बित्दा पनि अहिलेसम्म एउटै बैठक नबसेकाले ४४१ सदस्यीय केन्द्रीय कमिटीका सदस्यको पक्षधरता त्यति खुलेको छैन । प्रचण्डसँग १३९ केन्द्रीय सदस्य छन् भने ओलीसँग ११० र नेपालसँग ९२ । बादल समूहका ४४, नारायणकाजीनिकट १६ र वामदेवनिकट १३ सदस्य छन् । पूर्वएमालेभित्रका २१ केन्द्रीय सदस्य भने ओली र नेपालमध्ये कुनै पनि समूहमा खुलेका छैनन् । विस्तृत समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।  

नेपाल कम्युनिस्ट पार्टी नेकपा

विशेष