राजनीति मुख्य समाचार

प्रधानमन्त्रीका सल्लाहाकारले 'छौंडा' भन्दै कसलाई सरापे ?

प्रधानमन्त्रीका सल्लाहाकारले 'छौंडा' भन्दै कसलाई सरापे ?

काठमाडौं : सरकारको कार्यशैली चौतर्फी विरोध भइरहेको छ। सरकारका पछिल्ला निर्णय तथा कार्यशैलीप्रति विभिन्न क्षेत्रबाट विरोध तथा आलोचना भइरहेको छ।

यसैबीच प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारले गरेको एक ट्विटले चर्चाको चुलीमा पुगेको छ। एकाबिहानै उनले माइक्रो ब्लगिङ साइट ट्विटमा चौतर्फी आलोचित सरकारको बचाउ गर्ने किसिमले ट्विट गरेका छन्। उनको ट्विटसँगै मिश्रित प्रतिक्रिया आएको छ।

उनले ट्विटमा भनेका छन् ‘भनिन्छ, छौंडाहरू आफैं चलमलाउँदैनन्, कसैले छोड्छन्, दुःख दिन्छन्, यी छौंडाहरू आफैं चलमलाएका हुन् की कसैले छोडेका ?’

सामाजिक सञ्जाल

उनको ट्विटपछि उनले प्रयोग गरेका शब्दप्रति सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया आइरहेका छन्। एक ट्विटर प्रयोगकर्ताले भनेका छन् 'कठै सल्लाहकारज्युका शब्द चयन! भोलि फेरि यही समाजमा सामान्य नागरिकको रुपमा जीवन यापन गर्नु पर्ने दिन आउँदैन? कि त्यती दुरर्दर्शिता पनि छैन? सोचाइ साह्रै निकृष्ट र भाषा तल्लो स्तरको हुनुपर्ने विशेषतासहित सल्लाहकार पदको आवेदन माग भएको थ्यो कि पद नै यस्तो हो या पारिवारिक गुण?'

अर्का सामाजिक संजाल प्रयोगकर्ताले भनेका छन् 'एउटा देशको शासकलाई सुझाव दिने ठाउँमा बसेको मान्छेले कस्तो शब्द छान्नु भएको। योभन्दा तल्लोस्थरको शब्द भेटाउनु भएन। नेपाली भाषा साहित्य संस्कृति संस्कार र शब्दकोषमा विष्णु रिमाल ज्यू।'

अर्का एक फेसबुक प्रयोगकर्ताले भनेका छन्, प्रधानमन्त्रीज्यूका सल्लाहकारज्यूहरूको लेखाइ, बुझाइ! के लेख्ने, के बोल्ने, कस्ता सामग्री शेयर गर्ने भन्नेसम्म थाहा छैन!
#पश्पतिनाथ! यिनलाई सल्लाहकारबाट छिट्टै बिदा गर्न प्रधानमन्त्रीज्यूलाई सद्बुद्धि देऊ!

अर्थ,

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित बृहत् नेपाली शब्दकोष। दशौँ संस्करण, पृष्ठ ४३१–

अझ धर्ममा विश्वास नगर्ने र अन्धविश्वासका तीव्र विरोध गर्ने कम्युनिष्ट दर्शनको दीक्षा लिएका विद्वान् रिमालले एकाबिहानै ट्वीटमा किन यस्तो शब्द प्रयोग गरे होलान् यो विषय विस्तार खुल्दै जाल।

यसअघि,

अघिल्लो कार्यकालमा केपी ओलीको सरकार ढाल्नका लागि जनार्दन शर्मा, वर्षमान पुन र कृष्णबहादुर महराले भारत दौडाह सुरु गरे। उनीहरूको भारत दौड सुरु भएपछि केपी ओलीले उनीहरूलाई लक्षित गर्दै 'छौंडा' शब्द प्रयोग गरेका थिए। सामान्यतः नेकपाका शीर्ष नेताले विदेशीको इशारामा नेपालमा बितण्ड मच्चाउने नेता तथा कार्यकर्तालाई 'छौंडा' शब्द प्रयोग गर्छन्।

विष्णु रिमाल

विशेष