विचित्र विश्व

डोनाल्ड ट्रम्पको गाडी : ८ ईन्च ढोकाको तौल बोइङ बराबर !

डोनाल्ड ट्रम्पको गाडी : ८ ईन्च ढोकाको तौल बोइङ बराबर !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कारलाई चलनचल्तीमा ‘द बिस्ट’ भनिन्छ । सो क्याडिलाक बिस्ट लिमोे कार केही समय पहिले सार्वजनिक भएको थियो । सो कार अनेक प्रकारले रहस्यमय रहेको जानकारी मिडियाहरुले दिएका छन् । यही रहस्यका कारण राष्ट्रपति ट्रम्पको बिस्ट कार पुरै विश्वमा चर्चित छ । सो कारमा ८ इन्चको ढोका राखिएको छ, जसको तौल बोइङ ७५७ विमान जति रहेको छ । सो बिस्ट कारको ढोका बन्द भयो भने कुनै पनि प्रकारको रसायन आक्रमणले केही पनि असर गर्न सक्दैन ।

यसको ढोका रासायनिक आक्रमणलाई मध्यनजर राख्दै इन्टेरियरलाई सिल गरिएको छ । कारको अगाडिको ढोकामा ५ इन्चको मोटो लेयर समावेश गरिएको छ, जसले कुनै प्रकारको बुलेटलाई छेक्न सक्ने क्षमता राख्छ । ड्राइभर पट्टिको ढोकामा भने ३ इन्चको मोटो ग्लास जडान गरिएको छ ताकि ड्राइभरले आपतकालीन समयमा सजिलैसँग सर्भिस एजेन्टसँग सम्पर्क गर्न सकोस् । बिस्टलाई बुलेट प्रुफ, माइन प्रुफ र अन्य प्रकारको हमलाबाट बच्नको लागि सुरक्षित बनाएको छ ।

कारमा राष्ट्रपति ट्रम्पको ब्लड ग्रुपसंग मेल खाने रगतले भरिएको एक रेफ्रिजरेटर पनि राखिएको छ । कारमा आक्रमणको प्रतिरक्षा गर्नको लागि बन्दुक र अश्रुग्याँसको गोला पनि सुरक्षाको लागि फिट गरिएको छ । बिस्टको फ्रन्ट ग्रिलमा धेरै प्रकारको आधुनिक बन्दुक जडान गरिएको छ । साथै यसमा एक खास बन्दुक, नजिकबाट कसैले हमला गरेमा आगो फ्याँक्ने साधन पनि राखिएको छ । 

डोनाल्ड ट्रम्प बस्ने सिटमा स्याटलाइट फोन पनि जडान गरिएको छ । सो फोनमार्फत ट्रम्पले पेन्टागनसँग सीधा सम्पर्क राख्न सक्छन् । बिस्ट कारको टायरमा स्टीलको रिम राखिएको छ । यदि कुनै कारणवश टायर पन्चर भएमा कारको स्पीडमा कुनै फरक पर्दैन ।

डोनाल्ड ट्रम्प

विशेष