राजनीति

पूर्वसभासद किरण राईद्वारा विप्लव नेकपा परित्याग

पूर्वसभासद किरण राईद्वारा विप्लव नेकपा परित्याग

धरान । पूर्वसभासद किरणकुमार राईले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा परित्याग गरेको घोषणा गरेका छन्। नेकपाका केन्द्रीय सदस्य तथा कोसी ब्यूरो प्रमुख समेत रहेका राईले पार्टी छाडेर सत्तारुढ नेकपामा प्रवेश गरेका हुन्। 

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँगको सहमतिपछि आफु नेकपा प्रवेश गरेको राईले प्रष्ट पारे।

माओवादी युद्धमा ब्रिगेड कमाण्डर समेत रहेका राई शान्ति प्रकृयापछि २०६४ को पहिलो संविधानसभा निर्वाचनमा सुनसरी–१ बाट सभासद भएका थिए। धरान उपमहानगरपालिकाका पूर्वमेयर तथा एमाले नेता मनोज मेन्याङ्वोलाई पराजित गरेपछि राई चर्चामा आएका थिए।

नेत्रविक्रम चन्द (विप्लव) किरणकुमार राई

विशेष