कला साहित्य

गायक भुवन सिं थापाले निर्देशन छायान्कन तथा सम्पादन गरेका नेपाली थ्री डि गीतको म्युजिक भिडियो "इश्वरले तिमीलाई" सार्वजनिक

गायक भुवन सिं थापाले निर्देशन छायान्कन तथा सम्पादन गरेका नेपाली थ्री डि गीतको म्युजिक भिडियो "इश्वरले तिमीलाई" सार्वजनिक

नेपाली थ्री डि गीतको म्युजिक भिडियो इश्वरले तिमीलाई सार्वजनिक भएको छ । लक्ष्मी प्रसाद घिमिरेको शब्द अनी मिन बिष्टको संगीतमा चर्चित गायिका दिपा लामा र राम धिमालको सुमधुर स्वर रहेको उक्त थ्री डि गीतमा मिन बिष्टको मिक्सिङ मास्टरिङ्ग रहेको छ । उक्त थ्री डि गीतलाई हेडफोन लगाएर सुन्दा आवाजबाट आनन्दको अनुभुती अनुभव प्राप्त गर्न सकिन्छ । गीतलाई गायक भुवन सिं थापाले निर्देशन छायान्कन तथा सम्पादन गरेका हुन । "माया" प्रेमी प्रेमिकामा मात्र नभई परिवारका सदस्य, , गुरु-चेला साथी सङगीहरु सँग पनि उत्तिकै रहन्छ, यस भिडियोमा दुई मितिनिहरुको बिचको माया, सद्वाव र एक अर्कामा रहेको सम्मानलाई प्रस्तुत गर्ने कोशीश गरेका छन निर्देशक भुवनले । भिडियोमा २ मितिनिको रुपमा निर्मला तामाङ र बबिता वाइबाको अभिनय हेर्न सकिन्छ ।

">

विशेष