राजनीति

समाजवादी पार्टीका सांसद यादवले दिए राजीनामा

समाजवादी पार्टीका सांसद यादवले दिए राजीनामा

काठमाडौं । प्रतिनिधिसभामा सप्तरी १ बाट निर्वाचित समाजवादी पार्टीका सांसद सूर्यनारायण यादवले राजीनामा दिएका छन् । सभामुख कृष्णबहादुर महरालाई सोमबार राजीनामापत्र बुझाएका उनले आफ्नो स्वास्थ्यमा समस्या बढेकाले आराम गर्न खोजेको बताए ।

‘मलाई डाइबिटिज लगायत समस्या थियो। पछिल्लो समय स्ट्रेस पनि बढिरहेको थियो,’ सांसद यादवले भने, ‘त्यसैले आराम गर्न पदबाट राजीनामा दिएको हुँ।’ यादव सप्तरीमा नाम चलेका डाक्टर हुन्।

‘उनी आफ्नो क्षेत्रको राम्रो डाक्टर हुन्, पछि राजनीतिमा आएका थिए,’ हाल समाजवादी पार्टीका नेता तथा सांसद उमाशंकर अरगरियाले भने। यादवको राजीनामा स्वीकृत भएपछि उक्त क्षेत्र रिक्त हुनेछ। त्यसपछि पुनः चुनाव गराउनुपर्छ। हाल प्रतिनिधिसभाको एक क्षेत्र कास्की २ रिक्त छ। याे कान्तिपुर दैनिकबाट लिइएकाे हाे ।

राजीना सूर्यनारायण यादव

विशेष