राजनीति

निजगढमा विदेशी लगानी नजुटे सरकार आफैँले बनाउने

निजगढमा विदेशी लगानी नजुटे सरकार आफैँले बनाउने


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ विमानस्थलमा अन्तर्राष्ट्रिय लगानी नजुटे सरकार आफैंले निर्माण गर्ने बताउनुभएको छ । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथ समन्वय समितिमा मंगलबार मन्त्री भट्टराईले लगानी बोर्डबाट निजगढ विमानस्थलका लागि लगानी जुट्ने अवस्था नआए सरकार अब पछाडि नफर्कने बताउनुभयो ।

आगामी मङ्सिरसम्म निजगढ विमानस्थलको शिलान्यास हुने मन्त्री भट्टराईले यसअघि नै घोषणा गरिसकेका छन् । निजगढका रुख काट्नुअघि वृक्षारोपणको अभियान शुरु गर्ने भन्दै मन्त्री भट्टराईले आफू वन विनाश गर्न नभई विमानस्थल बनाउन आएको बताउनुभयो । यसबारे पर्यटन मन्त्रालय र वन मन्त्रालयबीच बुधबार छलफल हुने उहाँले जानकारी दिनुभयो । 

विशेष