नेकपा सचिवालय बैठक आज

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मंगलबार बस्ने भनिएको सचिवालय बैठक बुधबारका लागि सारिएको छ ।
साउन १३ गते बसेको सचिवालयको बैठकले २८ गतेका लागि बैठकको मिति तय गरिएको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओली निर्धारित समयभन्दा केही दिन ढिलो सिंगापुरबाट फर्किएको कारण बैठकको गृहकार्य हुन सकेको थिएन ।
त्यही भएर मंगलबार बस्ने भनिएको बैठक स्थगित गरिएको पार्टीका प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले जानकारी दिए । बैठक बुधबारका लागि सारिएको पनि उनले जानकारी दिए ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा सचिवालय बैठक