राजनीति

नेपालमा समाजवाद छैन, होली वाइनको लुटपाट छ : अध्यक्ष लोहनी

नेपालमा समाजवाद छैन, होली वाइनको लुटपाट छ : अध्यक्ष लोहनी

काठमाडौं । संविधानमा समाजवाद उन्मुख लेखेर सरकारले त्यसै अनुसारको अव्यावहारिक नीति लागू गरेको कारण अर्थतन्त्र संकंटग्रस्त भएको राप्रपा (संयुक्त) ले ठहर गरेको छ । विकल्पको रुपमा सो पार्टीले कल्याणकारी उदारवादको नीति अवलम्बन गर्नु पर्ने प्रस्ताव गरेको छ ।

‘नेपालको वर्तमान आर्थिक परिवेश एकदमै प्रतिकूल र डर लाग्दो छ । यसमा मूल कारण संविधानको प्रस्तावनामा समाजवाद उन्मुख भन्ने वाक्य राख्नु हो । यसैकारण वैदेशिक लगानीमा कमी आएको हो । वैदेशिक लगानीकर्ताले लगानी गर्नु पूर्व लगानी गरिने संभावित देशको संविधान, वैदेशिक लगानी नीति, शान्ति सुरक्षा र सरकारको स्थिरताको राम्रो अध्ययन गर्छन् । नेपालको त संविधानको प्रस्तावनामै समाजवाद उन्मुख लेखिएको छ,’ राप्रपा (संयुक्त) का अध्यक्ष पशुपति समशेर जबराले भने ।

‘संविधानमा जबसम्म समाजवाद उन्मुख भन्ने शब्द राखिन्छ तबसम्म नेपालमा कुनै पनि हालतमा वैदेशिक लगानी आउदैन । त्यसैले संविधान संशोधन गरी समाजवाद उन्मुख भन्ने वाक्य हटाई कल्याणकारी उदारवाद संविधानको प्रस्तावनामा राखिनु पर्दछ । तब मात्र नेपालमा वैदेशिक लगानी बढ्न गई व्यापार घाटा र ऋणात्मक सोधान्तर स्थितिको अन्त्य भई नेपाल विकसित र समृद्ध हुन जान्छ,’ राणाले ।

राप्रपा (संयुक्त) सम्वद्ध स्वतन्त्र बुद्धिजीवि मञ्चको आयोजनामा मंगलबार सम्पन्न ‘नेपालको विकास र संमृद्धिका लागि समाजवादी अर्थनीति कि लोककल्याणकारी उदार अर्थव्यवस्था ?’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै, राणाले यस्तो धारणा प्रस्तुत गरेका हुन् ।

राप्रपा (संयुक्त) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले समाजवादको नाममा लुटतन्त्र मच्चाएर देश खतम पार्ने प्रपंच जारी रहेको कारण संवैधानिक राजसंस्था र सनातन हिन्दू राष्ट्रको नारामा संघर्ष गर्नु बाहेको विकल्प नरहेको बताए ।

‘नेपालमा समाजवाद छैन । होली वाइनको लुटपाट छ । समाजवादको विकृत प्रयोग गर्नेले माक्र्सको मानमर्दन गरेका छन् । होली वाइन समाजवादमा भ्रष्टाचार आकाशिएको छ, नेपाल बुढाबुढीको देश बन्दैछ । उदारवाद नीति कतै छैन अनि कसरी विदेशीले नेपालमा लगानी गर्छन् । त्यसैले अब संघर्ष बाहेकको विकल्प छैन,’ उनले भने ।

समाजवाद विश्वभर असफल भएको दृष्टान्त प्रस्तुत गर्दै अध्यक्ष लोहनीले भने, ‘समाजवादको आधारमा रहेको रुस तासको घर जस्तो गल्र्यामगुर्लुम लड्यो । नीजि क्षेत्र र नागरिकको सिर्जनशीलता प्रोत्साहन नगरि हुन्न भनेर चीनले नीति परिवर्तन ग¥र्यो । आर्थिक संकट उत्पन्न भएपछि भारतले नेहरु समाजवादको बाटो त्यागेर उदार नीति अवलम्बन ग¥र्यो । यी सब अवस्था मध्यनजर गर्दै हामीले प्रगतिशील उदारवादको प्रस्तावना राखेका हौं ।’

परराष्ट्र विज्ञ डा. निश्चलनाथ पाण्डेले भने, ‘सरकार व्यावहारिक व्यवस्थापनभन्दा प्रचारमा केन्द्रीत छ । चावहिल–वौद्ध तीन किलोमीटर सडक दुई वर्षमा बन्न सकेको छैन, हामी भने ठूला रेलमार्गका कुरा गर्दैछौंं । रेलमार्गसँग आवश्यक सुरक्षा, व्यवस्थापन, अध्यागमन जस्ता महत्वपूर्ण पक्षबारे कतै चर्चा र तयारी छैन । नयाँ लगानीकर्ता आकर्षित गर्ने त परै जाओस् भएका लगानीकर्ता भ्रष्टाचार र प्रशासनिक जटीलताका कारण देश छोडेर गएका छन् । हामी व्यावहारिक हुन नसक्दा नेपालको समृद्धि र र विकास दिवास्वप्ना साबित भएको छ । ’

छिमेकी भारतमा भारतीय जनता पार्टीको सफलताको उदाहरण प्रस्तुत गर्दै सम्बोधनकै क्रममा डा. पाण्डले परम्परागत मूल मान्यतामा अडिग कन्जरभेटिव शक्तिको नेपालमा पनि आवश्यकता र स्थान रहेको जिकिर गरे ।

त्रिभुवन विश्वविद्याल, अर्थशास्त्र विभागका पूर्वप्रमुख प्रा. सुबोध नारायण झाले देशमा सरकार नै नभएको अवस्थामा असाधारण परिवर्तन आवश्यक रहेको बताए ।

‘भत्ता खाने सरकार छ तर जनताको सरकार छैन । जननिर्वाचित सरकार छैन । एक करोड युवा विदेशमा छन्, तिनलाई मतदान गर्न वञ्चित गरेर बनेको सरकारले भ्रष्टाचार र विसंगतिको ढेर लगाएको छ । त्यसकारण देशलाई भ्रदगोलबाट उन्मुक्ति दिन असाधारणा कदम आवश्यक भएको छ । जनता अब चुप लागेर बस्नेवाला छैनन् । परिवर्नतका लागि ठिक समय आएको छ, उन्मुक्तिको उच्च आवश्यकता छ’ प्रा. झाले भने ।

व्यवस्थापन विज्ञ शिव अधिकारीले भने, ‘अर्थतन्त्र, व्यापार घाटा भयावह छ । यस अवस्थामा हामी संवेनदशील हुन जरुरी छ । समाजवाद र समृद्धि भन्नेहरुले पनि नेपालको समृद्धी, विकास यही बाटोबाट प्राप्त हुन्छ भन्न सकेका छैनन् । आर्दशले मात्र हुँदैन, व्यावहारिक निकास आवश्यक छ तर यतातिर ध्यान गएको छैन । यही नै विडम्बना हो ।’

डा. प्रकाशचन्द्र लोहनी पशुपति समशेर जबरा

विशेष