प्रधानमन्त्रीलाई ज्वरो, नेकपा सचिवालय बैठक स्थगित
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली विरामी परेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक विहीबार पनि स्थगित भएको छ । सिंगापुरबाट उपचारपछि फर्किनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्वरोले च्यापेपछि बिहीबार बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बस्दै नबसी स्थगित भएको छ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई ज्वरोले च्यापेपछि बैठक भोली ३ बजेसम्मका लागि स्थगित भएको हो।
नेकपाले पार्टी विभागको नेतृत्व, जनवर्गीय संगठनका इन्चार्ज तथा सहइन्चार्ज, विभिन्न आयोगहरु, परिषद् र जेष्ठ नागरिक मञ्चको नेतृत्वको टुंगो लगाउन बाँकी छ। स्कुल विभाग प्रमुखको जिम्मेवारीमा विवाद बढेका कारण स्कुल विभागको नेतृत्वबारे नेकपाले अहिलेसम्म निर्णय गर्न सकेको छैन ।