राजनीति

श्रीलंकाली राष्ट्रपतिसँग अध्यक्ष ढकालको शिष्टाचार भेट

श्रीलंकाली राष्ट्रपतिसँग अध्यक्ष ढकालको शिष्टाचार भेट

कोलोम्बो । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाका महामहिम राष्ट्रपति मैत्रीपाला सिरिसेनासँंग राष्ट्रपति कार्यालयमा शिष्टाचार भेट गर्नु भएको छ ।

 भेटमा आपसी हित, सहकार्य तथा क्षेत्रीय शान्तिको बारेमा कुराकानी भएको भेटमा सहभागी परिवार दलका प्रवक्ता सन्तोषकुमार पौडेलले जानकारी दिए । नेता ढकालले श्रीलंकामा भएको दुःखद आतंककारी आक्रमणको घोर निन्दा गर्दै  सबैखाले आतंकबादलाई पराजित पार्न सरकार र नागरिक समाजबीचको सहकार्यमा जोड दिए । 

अध्यक्ष ढकालले काठमाडौँमा आयोजित एसिया प्यासिफिक समिटको प्रतिवेदन राष्ट्रपति मैत्रिपाला सिरिसेनालाई हस्तान्तरण पनि गरे । राष्ट्रपति सिरिसेनाले समिट एतिहासिक रुपमा सफल भएको भन्दै बधाई दिएका थिए । इन्टरनेसनल एसोसियसन अफ पार्लियामेनटरियन फर पिस (आइएपिपि) एसिया प्रशान्त क्षेत्रको अध्यक्ष समेत रहेका ढकालले विश्वका विभन्न राजनेताहरुसँंग भेट्ने क्रममा बुधबार श्रीलंकाली राष्ट्रपतिसँंग भेट गरेका हुन् । 
 

विशेष