राजनीति

नेकपा सचिवालय बैठक आज ११ बालुवाटारमा बस्दै

नेकपा सचिवालय बैठक आज ११ बालुवाटारमा बस्दै

काठमाडौं । पटकपटक बोलाउँदै स्थगित गरिँदै आएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी 'नेकपा'को सचिवालय बैठक शुक्रबार दिउँसो ११ बजेका लागि बोलाइएको हो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार चेतन अधिकारीले शुक्रबार दिउँसो ११ बजे बालुवाटारमा बैठक बोलाइएको बताए । आजको बैठकमा पार्टीभित्र लामो समयदेखि कुरा मिल्न नसकेका विभागहरू गठनको विषयमा छलफल हुनेछ।

नेकपामा मुख्य रुपमा स्कुल विभागमा धेरै नेताहरुको दाबी रहेका कारण कुरा मिल्न सकिरहेको छैन्। स्कुल विभागमा सचिवालय सदस्य, ईश्वर पोखरेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य घनश्याम भुसाल र वेदुराम भुसालको दाबी रहेको छ। त्यस्तै पार्टीको पोलिटब्युरो गठन, केन्द्रीय कमिटी सदस्यहरुको कार्यविभाजन, जनवर्गीय संगठनको पूर्णता जस्ता विषयहरुमा समेत लामो समयदेखि छलफल भए पनि कुरा मिल्न सकिरहेको छैन्। 

नेकपा सचिवालय बैठक

विशेष