नेकपा सचिवालय बैठक सुरु
काठमाडौँ । पार्टी एकताका बाँकी काम टुंगो लगाउनेबारे छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ ।
पटक पटक स्थगित भएको बैठक आज बसेको हो । विहीबार दिउँसो डाकिएको बैठक प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली विरामी भएपछि स्थगित भएको थियो ।
आजको बैठकमा बाँकी रहेका केन्द्रीय सदस्यको कार्यबिभाजन, केन्द्रीय निकाय, विभाग र बिशेष कमिटीको निर्णयबारे छलफल हुने एक नेताले जानकारी दिनुभयो ।