नेकपा सचिवालय बैठक स्थगित
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । बैठक अपराह्न ४ बजेका लागि बोलाइएको थियो ।
शनिबारको बैठकमा पार्टीका जनवर्गीय संगठनको इन्चार्ज तोक्नुका साथै विशेष जिल्लाहरुको नेतृत्व चयन गर्ने एजेन्डा थियो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक स्थगित गरिएको जानकारी दिनुभयो । बैठक स्थगित हुनुको कारण भने खुलाइएको छैन ।
यसैबीच, पार्टी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । वरिष्ठ नेता नेपालको निवास कोटेश्वरमा शनिबार बिहान भएको भेटवार्तामा नेता झलनाथ खनालले पार्टीभित्र वरीयताको विषयमा राखेको लिखित प्रस्ताव र पार्टीका आन्तरिक विषयमा छलफल भएको बुझिएको छ ।