देश विकासमा सबै एक हुन नेपालको आह्वान
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले देश विकासका लागि सबैलाई एकजुट हुन आह्वान गर्नुभएको छ । आज काठमाडौँमा आयोजित कार्यक्रममा नेता नेपालले देश विकासका लागि नागरिक, संघ—संस्था र सरकार एक साथ जुट्नुपर्ने बताउनुयभो ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेता नेपालले सरकारले गरेका कतिपय काम लामो अनुसन्धान र तयारी बिना आएको भन्दै चिन्तासमेत व्यक्त गर्नुभयो ।
कहिलेकाही धेरै काम गर्ने अपेक्षा गरिएको सरकारले पनि काम गर्न नसक्ने उनको भनाइ थियो । कार्यक्रममा नेता नेपालले आफूले गर्न सक्ने काम पनि सरकारले गरिदेला भनेर नकुर्न सर्वसाधारणलाई आग्रह गर्नुभयो ।