राजनीति

वामदेव गौतमलाई कास्की २ बाट चुनाव लड्न ओलीको पुनः प्रस्ताव

वामदेव गौतमलाई कास्की २ बाट चुनाव लड्न ओलीको पुनः प्रस्ताव

काठमाडौं । नेकपाका अध्यक्ष  केपी शर्मा ओलीले वामदेव गौतमलाई तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त कास्की २ को उपनिर्वाचनमा उम्मेदवार बन्न आग्रह गरेका छन्। शुक्रबारको सचिवालय बैठकमा ओलीले सो आग्रह गरेको एक नेताले बताए । ओलीको प्रस्तावमा गौतम भने मौन बसेका थिए । 

 

निर्वाचनमा अन्तर्घातका कारण चुनाव हारेको निष्कर्षमा पुगेका गौतम पछिल्लोपटक काठमाडौंमा उपनिर्वाचन लडेर संसद्मा आउने चाहनामा थिए । तर, अध्यक्ष ओलीकै कारण पूरा हुन नसकेको निचोडमा पुगेका थिए । संसद्मा आउन नपाए पनि शक्तिशाली विकास प्राधिकरणमा उपप्रधानमन्त्रीसरहको भूमिका पाउने अपेक्षा उनले गरेका थिए । तर, त्यो योजना पूरा नहुने देखिएपछि उनी ओलीसँग टाढिएका थिए ।

 

गत पुसको दोस्रो साता सम्पन्न स्थायी समिति बैठकमा ‘एक व्यक्ति स् एक जिम्मेवारी’ लागू गर्नुपर्ने भन्दै पूरक राजनीतिक दस्ताबेज प्रस्तुत गरेर ओलीसँग करिब–करिब सम्बन्ध–विच्छेद गर्ने बिन्दुमा पुगेका थिए । तर, एक–डेढ महिनायता भने ओली र गौतम पुनः नजिकिन थालेका थिए । 

 

अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालसँग प्रगाढ सम्बन्ध बनाउँदै गएका गौतमलाई ओलीले फकाउन थालेका थिए । एक महिनायता बालुवाटारमा गौतमको जन्मदिन मनाउनेदेखि दुई नेताबीच पटक–पटक डिनर र लन्च बैठकसमेत भएको थियो । त्यसैले ३२ मध्ये सबैभन्दा शक्तिशाली संगठन विभाग प्रमुखसँगै उपाध्यक्ष पदमा ओलीले नै गौतमलाई प्रस्ताव गरे । उच्च स्रोतका अनुसार कास्कीमा उम्मेदवार बनाएर अध्यक्ष ओलीले गौतम भावी प्रधानमन्त्रीको वैकल्पिक उम्मेदवारसमेत हुन् भन्ने सन्देश दिन खोजेका छन् । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो । 

वामदेव गौतम केपी शर्मा ओली कास्की

विशेष