विचित्र विश्व

तीनवर्षे बालक छ तलामाथिबाट खसे, तर उनलाई केही भएन कसरी ? हर्नुहोस भिडियो

तीनवर्षे बालक छ तलामाथिबाट खसे, तर उनलाई केही भएन कसरी ? हर्नुहोस भिडियो

चीनमा एक बालक छ तलमाथिबाट खेस पनि शकुसल रहन सफल भएका छन्। चीनको चोन्किङमा तीन वर्षे बालक एउटा भवनको छैटौँ तलाबाट खसेका थिए। तर उनलाई केही पनि भएन।

प्रहरीका अनुसार घटना हुँदा ती बालक घरमा एक्लै थिए। उनी खेल्दै बार्दलीमा पुगेका थिए। भवनको कर्मचारी झु यान्हुइले ती बालक बार्दलको बाहिर झन्डिएको देखिन्। उनले भनिन्, 'मैले एउटा बच्चा त्यहाँ माथि झुन्डिरहेको देखेँ पहिला समाउन मिल्ने सामान खोज्नु पर्छ भन्ने लाग्यो। किनकि मैले खाली हातले उसलाई समात्न सक्दिनथेँ।'

बालक बाहिर झुन्डिरहेको भन्ने कुरा भवनमा बस्ने अन्य व्यक्तिले थाहा पाएर त्यसपछि ती भवन बस्ने मानिस र कर्मचारीले ती बालकलाई ठूलो कम्मलमा थापे। भवनकी कर्मचारीले अगाडि भनिन् ' बच्चालाई हेर्दै हामीले कम्बल थापौँ। कम्बल हेर्दै बालकलाई बचाउन सकिन्छ कि सकिँदै न भने विचार गरौँ। अन्त्यत उनी कम्बलमै खस र बाँचे।'

ती बालकलाई चोटपटक लागेको थिएन यद्यपि कम्बलमा खसेलगत्तै एक जना छिमेकीले ती बालकलाई अस्पतालमा लगे। अहिले ती बालक स्वस्थ्य रहेको बिबिसीले जनाएको छ।

 

चीन

विशेष