पार्टी एकता नगरेको भए हुन्थ्यो कि भन्ने लाग्छ : प्रचण्ड
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले आफूलाई पार्टी एकता नगरेको भए ठिक हुन्थ्यो कि भन्ने लाग्न थालेको बताउनुभएको छ । पार्टी एकताका लागि चित्त नबुझेका कतिपय कुराहरुमा निर्णय लिनु पर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।
राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशिल चिकित्सक संघले शनिबार काठमाडौँमा गरेको कार्यक्रममा दाहालले कम्युनिष्ट पार्टीका लागि अवसर र चुनौती दुवै भएको भन्दै अहिले केहि गर्न नसके इतिहासले धिकार्ने बताउनुभयो । सरकारले काममा तदारुकता र प्रभावकारीतासँगै व्यवस्थित गर्नुपर्ने बताउनुयभो ।
नेकपाको सचिवालय बैंठकले लामो छलफलपछि महत्वपूर्ण कुराहरुमा निर्णय लिएको भन्दै अध्यक्ष दाहालले कतिपय विषय पार्टी एकतालाई बलियो बनाउनका लागि गरिएको बताउनुभयो ।
अध्यक्ष दहालले विश्वमै स्वास्थ्य क्षेत्र पूँजीपतिले चलाएको भन्दै स्वास्थ्य क्षेत्रलाई समाजवाद उन्मुख गराउने चुनौती रहेको पनि उल्लेख गर्नुभयो । कार्यक्रममा नकेपाका महासचिव विष्णु पौडेलले स्वास्थ्य सेवा सर्वसुलभ हुनु पर्नेमा जोड दिनुभयो ।
त्यस्तै कार्यक्रममा सहभागी चिकित्सकहरुले भने गुणस्तरीय स्वास्थ्य सेवाका लागि सुरक्षित पेशा आवश्यक रहेको भन्दै सरकारी नीति प्रष्ट हुनु गर्न माग गरे ।