नेकपामा राष्ट्रपतिको सक्रियता, जबज जोगाउन बामदेवलाई विधानविपरीत उपाध्यक्ष
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्रको विवाद एकाएक साम्य भएको देखि पनि वामदेव गौतमलाई उपाध्यक्ष बनाएपछि नयाँ विवाद सुरु भएको छ । पार्टी एकीकरण भएको १५ महिनापछि विधानविपरीत गौतमलाई उपाध्यक्ष बनाइएको र झलनाथ खनाललाई तेस्रो वरियता मा ल्याउने तयारी भएपछि नयाँ विवाद सुरु भएको हो ।
गौतमलाई उपाध्यक्ष बनाउने निर्णयदेखि खनाललाई तेस्रो वरियतामा ल्याउने तयारीप्रति अध्यक्षद्वपछिको स्थानमा रहेका वरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्ट छन् । पार्टीमा खनाललाई तेस्रो स्थान दिँदा नेपालको वरियताक्रम पछि धकेलिनेछ । त्यसमाथि पनि नेपाललाई कर्नमा पार्ने गरी सचिवालय बैठकमा नेताहरु प्रस्तुत हुन थालेपछि नेकपाभित्रको विवादले नयाँ रुप लिएको छ ।
स्रोतका अनुसार पार्टीभित्र देखिएको विवाद मिलाउन र जबजका पक्षमा बलियो मत बनाउन राष्ट्रपति विद्यादेवी भण्डारी आफै सक्रिय भएकी थिइन् । पोखरेलको बलमा मात्रै पार्टीकाृे कार्यदिशा जबज बनाउन अलि अप्ठ्यारो पर्ने देखेर त्यसमा गौतमलाई सहभागी गराएपछि या मत बलियो हुने आशका साथ गौतम पोखरेल समिकरण बनाइएको हो ।
यो समाचार आजको नागरिक दैनिकबाट लिइएको हो ।