राजनीति

सरकार सञ्चालनमा प्रधानमन्त्री असफल भएको कांग्रेसको आरोप

सरकार सञ्चालनमा प्रधानमन्त्री असफल भएको कांग्रेसको आरोप


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले सरकार संचालनको परीक्षामा प्रधानमन्त्री असफल भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आईतवारको बैठकमा विशेष समयमा उनले सरकारले संसदसँग गरेको कार्यसम्पादन करार पुरा गर्न नसकेको आराप लगाए ।

बजेट कार्यान्वयनमा सरकारले गरेको कार्यसम्पादन भएको भन्दै उनले त्यो पुरा हुन नसकेकाले प्रधानमन्त्री शासन सञ्चालनको परीक्षामा असफल भएको तर्क गरे ।


एक बर्षमै जहाज र रेलको सपना देखाउने सरकार तिथि मिति तोकेर सत्तापक्षले निम्ता गरेको स्मरण गराउँदै उनले अहिले भने आधार बर्ष भनेर आर्थिक वृद्धिको बारेमा हल्का टिप्पणी नगर्न प्रधानमन्त्रीलाई सचेत गराएका छन् । 

मिनेन्द्र रिजाल प्रधानमन्त्री असफल

विशेष