राजनीति

नेपाल–भारत संयुक्त आयोग बैठक बुधबार 

नेपाल–भारत संयुक्त आयोग बैठक बुधबार 

काठमाडौं । नेपाल–भारत उच्चस्तरीय संयुक्त आयोगको पाँचौं बैठक बुधबार काठमाडौंमा सुरु हुने भएको छ । दुई दिनसम्म चल्ने बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकर बुधबार नेपाल आउने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

संयुक्त बैठकअन्तर्गत बुधबार र बिहीबार दुई देशका परराष्ट्रमन्त्रीको सहभागीतामा दुईपक्षीय चासोका विविध विषयमा छलफल हुनेछ । 

संयुक्त बैठकमा नेपालले वर्षको समयमा भारतीय बाँधका कारण नेपाली भूमिमा हुने डुबानको विषयमा भारतीय पक्षसँग गम्भी रहने  छलफल गर्ने तयारी गरेको छ । त्यस्तै नेपाल र भारतबीच लामो समयदेखि सम्पन्न हुन नसकेका परियोजनाका विष पनि नेपाली पक्षले उठाउने भएको छ । 
नागरिक दैनिकबाट
 

विशेष