राजनीति

प्रधानमन्त्री ओली भदौ ५ गते सिंगापुर जाँदै

प्रधानमन्त्री ओली भदौ ५ गते सिंगापुर जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली उपाचारका लागि भदौ ५ गते सिंगापुर जाने भएका छन्। करिब एक साताअघि सिंगापुरमा उपचार गराएर फर्किएका ओली फलोअपका लागि सिंगापुर जान लागेको बालुवाटार स्रोतले जनाएको छ । 

बालुवाटार स्रोतका अनुसार चिकित्सकले सिफारिस गरेका औषधीले साइड इफेक्ट देखिएकाले तत्कालै सिंगापुर जानुपरेको बताइएको छ। औषधिको साइड इफेक्टकै कारण प्रधानमन्त्री ओलीलाई ज्वरो आउने, टाउको दुख्ने जस्ता समस्या देखिएको स्रोतको भनाइ छ।

आइतबार संसदलाई सम्बोधन गरेको प्रधानमन्त्रीले असहज गर्नुभएको देखिन्थ्यो। ‘त्यो औषधिको साइड इफेक्टका कारण हो।’ स्रोतले भन्यो, ‘चिकित्सकले पनि औधधीको साइड इफेक्ट भएको जानकारी गराएका थिए।’ यो समाचार नागरिक दैनिकबाट लिइएको हो ।

केपी शर्मा ओली सिंगापुर

विशेष