राजनीति

प्रधानमन्त्रीले बोलाएर सर्वदलीय बैठक, यी विषयमा हुँदैछ छलफल

प्रधानमन्त्रीले बोलाएर सर्वदलीय बैठक, यी विषयमा हुँदैछ छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले मंगलबार साँझ पाँच बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

उनले संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई सर्वदलीय बैठकमा आमन्त्रण गरेका छन् । संसदमा हाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी गरी चार राजनीतिक दल छन् ।

त्यस्तै प्रधानमन्त्रीले पाँच बजे नै नेपाल कम्युनिष्ट पार्टी नेकपा र नेपाली कांग्रेसको बैठक पनि बुलाएका छन्। दुवै बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छन्।

संसदमा प्रतिनिधित्व गर्ने दलहरूबीच संक्रमणकालीन न्यायसम्बन्धी बाँकी रहेका विषय टुंग्याउन सर्वदलीय बैठक बोलाएका हुन्। उनले आइतबार संसदमा सम्बोधन गर्दै उनले संक्रमणकालीन न्यायसम्बन्धी दुईवटा आयोगहरूको टुंगो एक सातामा लगाइसक्ने बताएका थिए।

सोही अनुरुप प्रधानमन्त्री ओली साँज पाँच बजे सर्वदलीय बैठक ढाकेका हुन्। सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिनसम्बन्धी आयोगमा पदाधिकारी नियुक्त नगरिँदा अन्तर्राष्ट्रिय समुदायले नेपालमाथि दबाब बढाइरहेको थियो।

त्यस्तै, लामो समयदेखि दलहरुबीच रहेको सम्वादहीनताको अवस्थालाई प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकले अन्त्य गर्ने अपेक्षा गरिएको छ।

सर्वदलीय बैठक

विशेष