राजनीति

विद्या भण्डारी र केपी ओलीको कदमले नेकपामा माधव नेपाल एक्लिए

विद्या भण्डारी र केपी ओलीको कदमले नेकपामा माधव नेपाल एक्लिए

काठमाडौं : केपी ओली र विद्याभण्डारीलाई दोस्रो कार्यकाल प्रधानमन्त्री र राष्ट्रपति बनाउन महत्त्वपूर्ण भूमिका खेलेका वरिष्ठ नेता माधवकुमार नेपालमाथि डेढ वर्ष नबित्दै घोर अपमान गरेर बदला लिइएको छ। पार्टीभित्र अध्यक्ष तथा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'कै हाराहारीको शक्तिसन्तुलनमा रहेका वरिष्ठ नेता नेपाललाई पार्टी एकता सम्पन्न भएको १६ महिनापछि बिनाप्रसंग वरीयता प्रकरण ब्युँताएर कमजोर बनाने षड्यन्त्र गरिएको हो।

पूर्वएमालेमा ओलीकै हाराहारीमा मत प्राप्त गरेका र पार्टीको पिल्लर मानिने पूर्वएमालेको जिल्ला कमिटीमा बहुमतमा रहेका नेपाललाई अहिले वरीयताको नाममा अपमान गरिएपछि षड्यन्त्रकै डिजाइनअनुसार कमजोर बनेको धुमधाम प्रचार गरिँदै छ।

कोअर्डिनेसन केन्द्र, नेकपा माले हुँदै एमाले स्थापनासम्म संस्थापकमध्येका एक वरिष्ठ नेता नेपाल १५ वर्षसम्म पार्टीको प्रमुख बनिसकेका नेता हुन्। तर, अर्का वरिष्ठ नेता झलनाथ खनालसँग वरीयताको प्रसंग जोडेर राष्ट्रपति भण्डारीसमेतको प्रत्यक्ष संलग्नतामा अध्यइ ओलीले सचिवालयको बैठकबाट बहुमतको बलमा नेपालको वरीयता तलमाथि गराएका छन्।

पार्टी एकताका बेला चीन भ्रमणमा रहेका खनाललाई केन्द्रीय सदस्य मात्रै बनाएर हुर्मत लिने र वरिष्ठ नेता नै नबनाउने ओलीको योजना त्यतिबेला वरिष्ठ नेता नेपालकै कारण असफल भएको थियो। त्यतिबेला खनालको हुर्मत लिन ओलीले चालेको षड्यन्त्र पर्दाफास गर्दै वरिष्ठ नेता नेपालले आइतबारको सचिवालय बैठकमा यस्तो धुन्धुकारी चरिचत्र आइन्दा नदेखाउन कडा चेतावनी दिएका थिए।

नेताहरूको ‍योगदान र इतिहासको षड्यन्त्र गरेर हुरम्न लिने कुराले पार्टीमा ध्वंस निम्त्याउने भन्दै नेपालले त्यस्तो चरित्र आइन्दा नदेखाउन भन्दै अध्यक्ष ओलीका अतीतका हानिकारक क्रियाकलापको भण्डाफोर गर्ने चेतावनी पनि दिएका थिए। यो खबर आजको बुधबार साप्ताहिकबाट लिइएको हो।

केपी शर्मा ओली विद्यादेवी भण्डारी माधवकुमार नेपाल

विशेष