राजनीति

दाहाललाई पार्टी, पोखरेललाई सरकारको जिम्मा

दाहाललाई पार्टी, पोखरेललाई सरकारको जिम्मा


काठमाडौँ । स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सरकारको जिम्मा लगाएका छन् । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई पार्टीको अध्यक्षता गर्ने गरी सचिवालय बैठकले सहमति जनाएको हो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी बैठकको अध्यक्षता अध्यक्ष ओलीको अनुपस्थितीमा दाहालले गर्ने निर्णय भएको बताए । नेकपामा ओली र दाहाल दुवै अध्यक्ष छन् । तर बैठक बोलाउने अधिकार यतिबेलासम्म थिएन ।

त्यस्तै, प्रधानमन्त्री ओलीले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीका लागि सिफारिस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरेलाई कार्यवाहककोे जिम्मेवारी तोक्नुभएको छ ।

राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको सिफारिसमा उपप्रधान तथा रक्षामन्त्री पोखरेललाई कार्यवाहक तोकिएको जानकारी दिएको जनाएको हो । 

विशेष