राजनीति

रक्षामन्त्री ईश्वर पोखरेलले गाेप्य रुपमा किन छिरे निर्मल निवास ?

रक्षामन्त्री ईश्वर पोखरेलले गाेप्य रुपमा किन छिरे निर्मल निवास ?


काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले विभिन्न व्यक्तिसँगको भेटघाट तीव्र बनाएका छन् । पछिल्ला दिनमा उनले राजनीतिक, बौद्धिक व्यक्ति लगायतसँग भेटवार्ता गरे । शुक्रबार विहान ८ बजेर ३५ मिनेटमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल पनि पूर्वराजा शाहकाे निवास निर्मल निवास छिरेको पूर्वराजाको सचिवालयले नेपाल आजसँग पुष्टि गरेको छ ।  शाहसँगको भेटबारे सार्वजनिक गरिएको छैन । 

 

किन बढ्दैछ शाहको सक्रियता ?

शाहले पछिल्ला दिनमा बौद्धिक व्यक्ति डा. सुरेन्द्र केसी, डा. सुरेन्द्र भण्डारीसँग भेटवार्ता गरेको पुष्टि भएको छ । 


इतिहासमा दुई पटक राजा हुने अवसर पाएका ज्ञानेन्द्र शाहले तत्कालीन दरबार हत्याकाण्डपछि औपचारिक रुपमा राजगद्धी सम्हालेका थिए । पहिलो संविधानको पहिलो बैठकले २०६५ जेठ १५ गते पछि २४० वर्षीय राजतन्त्रको औपचारिक अवसान गरायो । त्यसपछि राजाबाट पूर्वराजा बनेका शाह राजा आउ देश बचाऊको झुण्डमा सीमित हुँदै कहिले शक्तिपीठ धाउने त कहिले देशका विभिन्न स्थानमा जाने बाहेकका काममा सक्रिय बनेनन् ।

यद्यपि बेला बेलामा देशभित्रको परिस्थितिलाई लिएर शाहले असन्तुष्टि जनाएपनि औपचारिक रुपमा सक्रिय भने संविधान सभाको अवसानसँगै सुरु गरे । विभिन्न शक्तिपीठमा पुजापाठ, विभिन्न जिल्लाबासीसँग भेट्ने गतिविधिमा संलग्न हुन थाले । विस्तारै उनले जयजयकार गर्नेको भीडबाट बाहिर निस्कन थालेका छन् । 


नेपालगञ्ज, पोखरा, झापा, सिमरा लगायतका स्थानमा डुलेका शाहले विभिन्न स्थानमा भ्रमणका क्रममा उनले सिमरा भ्रमणपछि भने आवश्यक परे मुलुकको नेतृत्व लिन तयार रहेको अभिब्यक्ति दिएपछि भने ठूलो विवाद आयो । अर्कोतर्फ मुलुुकमा ब्याप्त भ्रष्टाचार, विसंगति अनि संघीय संरचनालाई लिएर अनेकन टिप्पणी हुन थालेपछि उनको सक्रियता थप सल्बलाएकाले उनी अझै मिलेसम्म अघि बढ्न खोजेको देखिन्छ ।

पूर्वराजा भेटेका डा. सुरेन्द्र केसीले नेपाल आजसँगको अन्तर्वार्तामा पूर्वराजाले बढ्दो भ्रष्टाचार, विसंगतिलाई लिएर असन्तुष्टि जनाएका थिए । 
हेर्नुहोस् डा. केसीसँगको अन्तर्वार्ता 


डा‍‍. सुरेन्द्र केसी मात्र होइन नेपालका लागि नेपाली अभियान्ताका डा. सुरेन्द्र भण्डारीसँग पनि पूर्वराजाले भेटेका छन् । यही बीचमा भारतीय गुप्तचर संस्था रअ का प्रमुख सामन्त गोयलको पशुपति दर्शन भनिएको नेपाल भ्रमणमा उच्चपदस्थसँगको भेटवार्ता अनि हिन्दु राज्य रुचाउने भारतको वर्तमान सरकारसँग ज्ञानेन्द्रको हिमचिम छ ।

उनले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग पनि भेटवार्ता गरेका थिए । विस्तारै चाकडीमा बस्नेहरुको तर पन्छाएर शाहले बौद्धिक व्यक्तिहरुसँगको भेटवार्तासँगै सरकारकै व्यक्तिहरुको भेटवार्ता बढ्नुले भित्र केही न केही पाक्दै त छैन ? प्रश्न उब्जिएको छ । 

विशेष