'आवरण'भित्र जे देखेँ
- अन्जना पौडेल 'अनुश्रुती'
आज पुस्तक विमोचन, आउनुस् है म्याम! टीकाराम सरको म्यासेज आयो!
हार्दिक बधाई सर, अलि व्यस्त छु, हजुरलगायत धेरैको पुस्तक विमोचन हुने, मलाई एकछिन भए पनि आउछु सर। १८ वटा लघुकथा सङ्ग्रह एकैसाथ विमोचन हुने दिन।
एउटा संग्रह मदुसमा मेरो आफ्नै लघुकथा रहेकोले उत्साहित पनि थिएँ म।
पुस्तक विमोचनपछि टीकाराम सरले आफ्नो नयाँ कृति लघुकथा संग्रह 'आवरण' मेरो हातमा थमाइदिनु भयो। अरू पुस्तक कुनै किनेर कुनै निःशुल्क लिएँ।
'अनुनाद'की नायिका, सरकी जीवनयात्रीसँग भेट्ने पहिल्यै देखिको इच्छा पनि पूरा भएकोले उहाँसँग एकछिन सुखदु:खका बात मारेर सेल्फी लिएर कलेजको लागि निस्केँ।
म त चितवन आइसकेँ, मन्जरीमा तपाईंको लागि थप पुस्तक छोडिदिएको छु है म्याम भनेर सरको फोन आयो।
अचानक काम विशेषले लमजुङ आउनुपर्ने भयो। एकल यात्राको सहयात्री बनाएर 'आवरण' पढेँ, आवरणले मेरो मनकुटीमा बास गरिछाड्यो र केहि नलेखी बस्नै सकिनँ।
आदरणीय टीकाराम रेग्मी सर मेरो दाजु समान हुनुहुन्छ र हरेक कुरामा सल्लाह दिनुहुन्छ! जब आवरण पढेँ, सरले समाजभित्रका कथा व्यथाहरू गहिराइमा पुगेर मिहिन किसिमले शब्दाकार गर्नुभएको रहेछ।
विपर्यास लघुकथाका सर्जक, सरल जीवनको गोरेटो नामक व्यावहारिक वर्णमाला आदिले नेपाली भाषा र साहित्यमा उज्यालो छरेका छन्।
विभिन्न साहित्यिक र अन्य संघसंस्थामा संलग्न रही व्यस्त रहनुभएका रेग्मीलाई भर्सटायल भन्न रुचाउँनुहुन्छ, खेमराज पोखरेल। चार दशक अध्यापन पेशामा संलग्न रहनुभएका रेग्मी सरको जन्म स्याङ्जामा भएको भए पनि हाल चितवनमा कर्म क्षेत्र बनाउनु भएको छ।
आवरणमा समाजको आवरण ऐना जसरी प्रष्ट देखिएका छन्। मानवीय समवेदना, धर्मप्रति कटाक्ष,आधुनिक विकृतिमाथि कडा विद्रोह जस्ता राजनीतिक व्यंग्य सामाजिक, राजनीतिक, आर्थिक ,नैतिक,धार्मिक विषय एकहत्तरवटै लघुकथामा पाइन्छ।
जुइनोले लघुकथालाई कौतुहलता प्रदान गरेका छन्। लघुकथाले अकल्पनीय समापन खोज्दछ, पाठक गम्भीर र स्तब्ध हुन्छन्, एकछिन भएपनि।
आवरण