राजनीति

रवीन्द्र अधिकारीको क्षेत्रमा वामदेव गौतम, धनराज गुरुङ र रवीन्द्र मिश्रको भिडन्त!

रवीन्द्र अधिकारीको क्षेत्रमा वामदेव गौतम, धनराज गुरुङ र रवीन्द्र मिश्रको भिडन्त!

काठमाडौं : महत्वकासाथ हेरिएको कास्की निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको तयारीमा राजनीतिक दल जुटेका छन् । मंसिर १४ को प्रतिनिधिसभा उपनिर्वाचनमा उम्मेदवार टुंगो लगाउन दलहरू कस्सिएका हुन् ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि उनको क्षेत्र रिक्त छ । कास्की २ बाट चुनाव लड्न ‘हेभिवेयट’ उम्मेदवारको चर्चा छ । नेकपाले नेता वामदेव गौतमलाई उम्मेदवार बनाउने निश्चितप्रायः छ । नेकपा कास्कीका एक प्रभावशाली नेताले गौतमलाई उम्मेदवार बनाउने लगभग टुंगो लागेको बताए ।

त्यसैगरी, कांग्रेसबाट नेता धनराज गुरुङ उम्मेदवार बन्ने चर्चा छ । गुरुङले सामाजिक सञ्जालमै समेत अवसर पाए कास्की २ बाट चुनाव लड्ने इच्छा व्यक्त गरेका थिए ।

साझा पार्टीले पनि उम्मेदवार चयन गर्न गृहकार्य थालेको छ। शनिबारसम्म उम्मेदवार घोषणा गर्ने पार्टीको तयारी छ। नेकपाबाट वामदेव गौतम र कांग्रेसबाट धनराज गुरुङ उम्मेदवार बनेको खण्डमा साझ पार्टीका संयोजक रवीन्द्र मिश्रलाई मैदानमा उतार्ने गण्डकी प्रदेश संयोजक महेश भण्डारीले जानकारी दिए । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो।

विशेष