राजनीति

कांग्रेस–नेकपा सांसद आरोप–प्रत्यारोपमा, संसद बैठक स्थगित

कांग्रेस–नेकपा सांसद आरोप–प्रत्यारोपमा, संसद बैठक स्थगित

काठमाडौँ । संघीय संसदमा नेपाली कांग्रेस र नेकपा एमालेका सांसदबीच आरोप प्रत्यारोप चलेको छ । सभामुख कृष्णबहादुर महराले सोमबारको संसद बैठकको कारबाही प्रारम्भ भएको घोषणा गर्नासाथ कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएका थिए ।

सभामुख महराले कांग्रेस सचेतक पुष्पा भुसाललाई बोल्ने समय दिए । संसदमा बोल्दै सांसद भुसालले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थानीय नेता कार्यकर्ताले आफ्नो पार्टीका बाँके जिल्ला सभापति किरण कोइरालालगायत ६० जना नेता–कार्यकर्तामाथि आक्रमण गरेको भन्दै घटनामा संलग्नमाथि कारबाहीको माग गरिन् ।

भुषालको भनाइका खण्डन गर्दै नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० बाँकेबाट प्रतिनिधित्व गर्ने नेकपाका सांसद नन्दलाल रोकाले भुषालको भनाइप्रति आपत्ति जनाउँदै आन्दोलन गर्ने चेतावनी दिएपछि कांग्रेसले नाराबाजी शुरु गरेको थियो ।

कांग्रेसले करिब आधा घण्टासम्म नाराबाजी जारी राखेपछि सभामुख महराले बुधबार बिहान ११ बजे अर्को बैठक बस्ने गरी सोमबारको बैठक स्थगित भएको घोषणा गरेका थिए । 

विशेष