राजनीति

'गणतन्त्रमाथि धावा बोलियो भने सरकार चुप लागेर बस्दैन'

'गणतन्त्रमाथि धावा बोलियो भने सरकार चुप लागेर बस्दैन'

काठमाडौँ – प्रधानमन्त्री केपी ओलीले लोकतान्त्रिक गणतन्त्रमाथि धावा बोल्न थालियो भने सरकार एक्सनमा जाने बताएका छन् । सिंहदरबारको संघीय संसद् भवनको बुधबार शिलान्याय गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रमाथि खतरा पैदा भए बघिनीको शैलीमा रक्षात्मक ढंगले सरकार प्रस्तुत हुने चेतावनी समेत दिए। 

केहीले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध आवाज उठाउन कोसिस गरिरहेका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘गणतन्त्रमाथि धावा बोल्न थालियो भने सरकार चुप लागेर बस्दैन, कडा कदम चाल्छ ।’

प्रधानमन्त्री ओलीले निर्माण कार्यमा हुने गरेको ढिलाइ पनि असन्तुष्टि जाहेर गरे। ३ बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ शिलान्यास भएको संघीय संसद भवन  समयमै सम्पन्न गर्न तथा विभिन्न वहानामा पैसा थप्ने काम नगर्न शहरी विकास मन्त्रीलाई निर्देशन पनि दिए।

उनले भने, ‘निर्माण कार्यमा बिलम्ब हुने गर्या छ। यो मान्य हुँदैन। जति समय भनिएको छ त्यो समयभित्र काम सम्पन्न हुनुपर्छ। गुणस्तरमा कुनै सम्झौता हुँदैन। गुणस्तरीय हुनुपर्छ। कबुल भन्दा पछि पैसा थप्ने काम हुँदैन। धेरै बिग्रेका परिपाटीहरु छन्। त्यसलाई मानिँदैन।’

विशेष