राजनीति

भूमिसम्बन्धी विधेयक प्रतिनिधि सभाबाट स्वीकृत

भूमिसम्बन्धी विधेयक प्रतिनिधि सभाबाट स्वीकृत

काठमाडौँ । प्रतिनिधि सभाले भूमि सम्बन्धी आठौँ संशोधन विधेयक २०७५ बहुमतले स्वीकृत गरेको छ । तिनिधि सभाको आजको बैठकले विधेयक स्वीकृत गरेको हो । विधेयकमाथिको छलफलमा भाग लिँदै विपक्षी दलका सांसदहरुले भू–माफियालाई उकास्ने र सार्वजनिक जग्गा मास्ने गरि भूमि सम्बन्धी आठौँँ संशोधन विधेयक अघि सारेको आरोप लगाएका थिए ।

विधेयकमाथिको छलफलमा प्रतिपक्षी सांसदहरुले सुकुम्बासीको नाममा जग्गा बाँड्ने मनसायले सरकारले विधेयक ल्याएको आरोप लगाए। विधेयकमा पर्ती, ऐलानी र गौचरणका जग्गा मासी राज्यले नियन्त्रणमा लिने ब्यवस्था गरिएको आरोप कांग्रेस र मधेस केन्द्रित दलका सांसदहरुले लगाएका थिए। सांसदले उठाएका प्रश्नको जवाफ दिँदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले भूमिहिन सुकुम्बासीको समस्या सम्बोधन गर्ने गरी विधेयक ल्याईएको स्पष्ट पारिन् ।

सिमा निर्धारण गर्दा उद्योगहरु फस्टाउन नसक्ने भएकाले जमिनसंग जोडिएर आएका गुनासालाई सही ढंगले सम्बोधन गर्ने गरि नीतिगत रुपमा लचिलो भएको मन्त्री अर्यालको भनाइ थियो ।
 

विशेष