Breaking News राजनीति

'मधेशवादी दललाई अलग राखेर जारी गरिएको संविधान स्वीकार गरिन्न'

'मधेशवादी दललाई अलग राखेर जारी गरिएको संविधान स्वीकार गरिन्न'

काठमाडौं  - राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादवले मधेशवादी दलको विरोधका बावजुद जारी गरिएको संविधान कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताएका छन्।

उनले भने,‘मधेशवादी दललाई अलग राखेर जारी गरिएको कुनै हालतमा स्वीकार गर्न सकिन्न, हामी संविधान संशोधनकै मुद्दालाई लिएर अगाडि बढ्छौ।’

संयोजक यादवले संविधान संशोधन गर्नुपर्ने आफनो पार्टीको माग सम्बोधन नगरेको भन्दै सरकारको चर्को आलोचना गदै प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमाथि प्रश्न समेत उठाए। उनले भने,‘ हामी विगत ४ वर्षदेखि संविधान संशोधनको लागि प्रयासरत छौँ तर यो अन्धो र बहिरो सरकारले संविधान संशोधन गरेन।’ 

ठूला दलहरुले पनि संविधान संशोधन नगरेपछि हामीले यो संविधानलाई स्वीकार गर्ने अवस्था नरहेको उनले बताए

संविधान दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै संयोजक यादवले दुई तिहाइको बल मिचाइमा प्राप्त संघीयता र गणतन्त्र नमास्न पनि सरकारलाई सचेत गराए।

उनले मधेशी जनताको बलिदानीपूर्ण संघर्षको बलमा आएको संघीयता मास्न खोजे सरकार आफै समाप्त हुने चेतावनी पनि दिए। संयोजक यादवले सरकारले संघीयताको धज्जी उडाएको आरोप पनि लगाए।

विशेष