प्रचण्डमाथि नेमकिपाका अध्यक्ष विजुक्छेंले लगाए यस्तो गम्भीर आरोप, जोडियो दिल्लीको नाम!
काठमाडाैँ - नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान विजुक्छेंले सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिल्लीको दूत हो कि नेपाली नेता छुटाउनै गाह्रो भएको आरोप लगाएका छन्।
भक्तपुरको सल्लाघारीमा शुक्रबार पार्टीको सातौँ महाविधेशनको उद्घाटन समारोहमा बोल्दै बिजुक्छेले भने,'नेकपाका अध्यक्ष प्रचण्ड दिल्लीका दूत हुन वा नेपालका नेता हुन् भनेर साधारण जनतालाई बुझ्नै गाह्रो भयाे।'
अध्यक्ष बिजुक्छेले प्रचण्ड र उनले नेतृत्व गरेको तत्कालीन दल माओवादी केन्द्रप्रति कटाक्ष पाेखेका छन्। उनले भने, ‘एमाओवादी अराजकवादी दल एमालेजस्तै पुँजीवादी भासमा गएर कहिल्यै नउम्कने गरि पतन भएको छ ।’
नेपाली कांग्रेस, तत्कालिन एमाले र तत्कालिन माओवादी पार्टीको छुटाछुटै चर्चा गरेका अध्यक्ष विजुक्छेले कांग्रेस पद, पैसा र पावरका लागि राजनीति गर्ने सामन्तवादी पार्टी भएको आरोप लगाए। नेपाली कांग्रेसपछि एकीकृत हुनु अगाडिको एमालेबारे चर्चा गर्दै उनले भने, ‘एमाले, कांग्रेसको नीति र सिन्तान्तसँंगै मेल खाने गरी अगाडि बढेको भाइ कांग्रेस हो।’
अहिलेको नेकपाले निर्वाचनमा बहुमत ल्याएर नेपाली काँग्रेसलाई ठेगान लगाउने र आफ्नो अस्तित्व जोगाउन सिद्धान्तहिन राजनीति गरिरहेको बिजुक्छेको आरोप छ । ‘सैद्धान्तिक रुपले आफुहरुसँग पटक्कै नमिल्ले क्षेत्रीयतावादी र अवसरवादीसँग मिलेर निर्वाचनलाई प्रयोग गरि सरकारमा जाने उद्देश्य राख्नु माक्र्सवाद नभएर संशोधनवाद र अवसरवाद हो,’ अध्यक्ष बिजुक्छेले भने ।
एमाले संशोधनवादी कम्युनिष्ट पार्टी भएको उनको भनाई थियो। एकीकृत हुनु अगाडिको प्रचण्ड अध्यक्ष रहेको माओवादी पार्टी दिल्लीले छोडेको ट्रोजन हर्स भएको बताए। उनले एकीकृत एमाओवादी निर्वाचनको माध्यमबाट सरकारमा पुगेर लुछाचँुंडी मच्चाउने प्रयास गर्ने अवसरवादी पार्टी भएको टिप्पणी गरे। सैद्धान्तिक बेमेल भएपनि अवसरका लागि मिल्ने पार्टी अवसरवादी भएको उनको भनाई थियो।