राजनीति

बालुवाटारमा सचिवालय बैठक, यस्ता छन् एजेण्डा

बालुवाटारमा सचिवालय बैठक, यस्ता छन् एजेण्डा

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य नेताको व्यस्तताका कारण सचिवालय बैठक बैठक बस्न सकेको थिएन।

शुक्रबार संविधान दिवस भएकाले बैठक बस्न नसकेपछि बैठक आज (शनिबार)का लागि सरिएको नेपकाको सचिलालयले जनाएको थियो। बैठकमा समसामायिक तथा संगठनात्मक एकता टुंग्याउने बारेमा वृहत छलफल हुने बताइएको छ। 

स्रोतका अनुसार केन्द्रीय निकायमा जिम्मेवारी बाँडफाट, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च, प्रवास कमिटीलगायतमा जिम्मेवारी तोकिएको गरी छलफल हुन लागेको हो। 

यस्तै बैठकमा नेकपाको मधेस पार्टी कमिटीमा देखिएको विवादबारे पनि छलफल गर्ने तयारी छ। मधेसमा बढ्दो विवादबीच नेकपा पार्टी मुख्यालयमा स्थायी समिति सदस्य रघुवीर महासेठ र प्रभु शाहविरुद्ध उजुरी दर्ता भएका छन्।   यसअघि बिहीबार बिहान तय भएको पार्टी सचिवालय बैठक पटक पटक स्थगित भएको थियो। 

विशेष