सुवासचन्द्र नेम्वाङले भने– 'संविधान संशोधन हुन्छ'

काठमाडाैँ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नेपाली जनताको संविधान संशोधन हुने बताएका छन् । नेकपा स्थानीय तह विभाग इलामद्वारा जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिन आयोजित कार्यक्रममा उनले आवश्यकता र औचित्यका आधारमासंविधान संशोधन हुने बताए ।
चार वर्षअघि जारी गरिएको संविधानमा संशोधन नहुने भनेर कहीँ कतै नलेखिएकोले जनताको जनमत लिएर संशोधन गर्न सकिने उनले बताए । नेता नेम्वाङले संविधान संशोधनका लागि जनताको जनमत आवश्यक पर्ने बताए ।
“बहुदलीय प्रतिपस्पर्धामा विश्वास राख्ने दलहरुले निर्वाचनमार्फत जनताबाट संशोधनका लागि आवश्यक पर्ने जनमत लिएर जसले पनि संशोधन गर्न सक्छ”, उनले भने, “जनतामाझ संशोधनको मुद्दा लिएर निर्वाचनमा जान र संशोधनका लागि आवश्यक पर्ने मत आएमा संशोधन गर्न कसैले रोक्दैन ।”