प्रचण्डकाे अभिव्यक्तिले देखियाे रेशम चौधरी जेलमुक्त हुने संकेत!
इटहरी — सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चार वर्षअघि भएको टिकापुर घटनाका सबै झुटा मुद्दा खारेज हुने बताएपछि जेलमा रहेका राजपा नेपालका सांसद रेशम चौधरी छुट्ने संकेत देखिएको छ।
अध्यक्ष दाहालले सुनसरीको झुम्कामा आइतबार जितिया पर्वको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुद्दा खारेज गर्ने विषयमा पार्टी भित्र सैद्दान्तिक निर्णय भइसकेको समेत खुलासा गरे।
प्रचण्डको यस्तो भनाइलाई आधार मानेर सांसद चौधरी छुट्ने सम्भावना बढेको कानूनका जानकारहरु बताउछन्। ‘ उनले मुद्दा खारेज गर्ने विषयमा पार्टी भित्र सैद्दान्तिक निर्णय भइसकेको समेत खुलासा गरे। ‘टीकापुर घटनाको बिषयमा निर्णय कार्यान्वयनको चरणमा छ,’ उनले भने, ‘यो घटनामा संलग्न जनमत पाएर निर्वाचित सांसदलाई स–सम्मान राजनीतिमा ल्याउने वातावरण बनाइनेछ।’
थारु कल्यणकारिणी सभा सुनसरीद्दारा आयोजित जितिया महोत्सवमा बोल्ने थारु अगुवाले सांसद रेशम चौधरी जेलमा बस्नु परेकोमा विरोध गरेका थिए। कार्यक्रमका प्रमुख अथिति दाहालले जनताबाट निर्वाचित सांसद स–सम्मान जेलमुक्त हुने आश्वासन दिए।
कैलाली क्षेत्र नं. १ बाट रेशम चौधरीले चुनाव जितेका हुन्। उनलाई टीकापुर घटनामा जन्मकैदको सजाय सुनाइएको छ। उनी जेलमा रहदा सपथ लिएका थिए।
२०७२ साल भदौ ७ गते टीकापुरमा भएको आन्दोलन हिंसामा परिणत हुँदा आठ प्रहरी र एक नाबालकको ज्यान गएको गियो। सो घटनामा ५८ जनाको संलग्नता रहेको जनाउँदै कैलाली अदालतमा कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग र डाका मुद्दा दायर भएको थियो।
अदालतले थुनामा रहेका २७ जनालाई फैसला समेत गरि सकेको छ। सांसद रेश्म चौधरीसहित ११ जनालाई जन्मकैद, १३ जनालाईं तीन वर्षसम्म सजाय र तीन जनालाई सफाई दिएको थियो फरार ३१ जना प्रतिवादीको मुद्दा भने मुलतबीमा राखिएको छ।