राजनीति

 संविधान संशोधन गर्न आवश्यक छ : गगन थापा

 संविधान संशोधन गर्न आवश्यक छ : गगन थापा

काठमाडाैँ - प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले आफ्नो पार्टीले संविधान रक्षार्थ संविधानलाई संशोधन गर्न आवश्यक रहेको बताएका छन्।

उनले संविधान संशोधन गरी सर्वस्वीकार्य बनाए सबैको लागि राम्रो जिकिर गरे, महोत्तरीको सम्सी गाउँपालिका–२ पर्सा बजारमा आज आयोजित काङ्ग्रेसको राष्ट्रिय जागरण अभियानअन्र्तगत कार्यकर्ता भेटघाट तथा अन्तरक्रियामा उनले संविधान निर्माणका क्रममा तत्कालीन समयमा देखिएका केही कमजोरीलाई संशोधन गरी सबैको हितका लागि आफ्नो दलले संविधान संशोधन गर्न चाहेको बतााए । 

मधेशी, जनजातिलगायत असन्तुष्ट पक्षको विचार समेटेर संविधान संशोधन गर्न बारम्बार दवाब दिँदासमेत सत्तापक्षका कारण संशोधन हुन नसकेको नेता थापाले आरोप लगाए ।

सांसद थापाले संविधान जारी हुने समयमा विरोध गर्ने तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संशोधनको मुद्दा लिएर सरकारमा गए पनि चुपचाप बसी जनतालाई भ्रममा राखेको आरोप लगाए । 

विशेष