राजनीति

यस्ता छन् नेकपा र सीपीसीबीचका ६ बुँदे सम्झौता

यस्ता छन् नेकपा र सीपीसीबीचका ६ बुँदे सम्झौता

काठमाडौँ —  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टीबीच पार्टीगत सहयोग आदानप्रदान समझदारी सम्झौता भएको छ। समझदारीपत्रमा नेकपाका तर्फबाट विदेश विभाग प्रमुख माधव नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका तर्फबाट अन्तर्राष्ट्रिय विभाग प्रमुख सङ ताओले हस्ताक्षर गरेका छन्।

प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा दुवै जनाले  मंगलबार दुई पार्टी बीच सहयोग आदानप्रदान गर्ने सम्झैता पत्रमा हस्ताक्षर गरेका हुन्।

नेकपाका विदेश विभागका उपप्रमुख विष्णु रिजालका अनुसार एक समारोहका बीच दुई पार्टीबीच गरिएको ६ बूँदे समझदारी पत्रमा दुई पार्टी बीचको राजनीतिक तथा आर्थिक मोडलको आदानप्रदानका लागि उच्चस्तरीय भ्रमण गर्ने, नेपालमा भइरहेको कम्युनिष्ट पार्टीको राजनीतिक तथा सैद्धान्तिक बहसलाई दुवै पार्टीले तीव्रता दिनेलगायतका विषयलाई मुख्य जोड दिइएको छ।

यी हुन् सम्झौताका बुँदाहरु :


१. उच्चस्तरीय भ्रमण२. कार्यकर्ता तहको अध्ययन भ्रमण बृद्धि३. पार्टी-पार्टी अनुभव आधारित सहयोग आदान-प्रदान४. युवा र स्थानीय नेताहरूबीच भ्रमण आदान-प्रदान५. जनस्तरको सम्बन्ध (बुद्धिजीवी, नागरिक संस्था, मिडिया) अभिवृद्धि

६. विचार-सिद्धान्तमा आधारित वार्षिक कार्यक्रम सञ्चालन

विशेष