राजनीति

बढी शुल्क एक महिनाभित्र फिर्ता नगरे मेडिकल कलेजलाई कारवाही

बढी शुल्क एक महिनाभित्र फिर्ता नगरे मेडिकल कलेजलाई कारवाही

काठमाडौं । सरकारले एमबीबीएस अध्ययनका लागि तोकिएभन्दा बढी शुल्क लिएका मेडिकल कलेजलाई विद्यार्थीको रकम एक महिनाभित्र फिर्ता नगरे कारवाही गर्ने निर्णय गरेको छ।

मंगलबरा गृह मन्त्रलायमा गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेलसहित दुई मन्त्रालयका पदाधिकारीबीच भएको संयुक्त बैठकले विद्यार्थीबाट बढी लिइएको शुल्क एक महिनाभित्र फिर्ता नगरे मेडिकल कलेजलाई कारवाही प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

बैठकले तोकिएको भन्दा बढी शुल्क एक महिनाभित्र फिर्ता गर्न मेडिकल कलेजहरुलाई सार्वजनिक रुपमा आव्हान गर्नेसमेत निर्णय गरेको गृहमन्त्रीका प्रेस सहयोगी किरण भट्टराईले जानकारी दिए ।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले २०७२ सालमा निर्धारण गरिएको भन्दा बढी शुल्क लिनेलाई फिर्ता गराउन राजनीतिक समाधान र कानूनी कारवाही दुबै प्रक्रिया अघि बढाइने बताएका थिए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले मेडिकल कलेजहरुले बढी शुल्क लिएको सम्बन्धमा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिने प्रस्ताव गरेका थिए ।

सरकारले काठमाडौं उपत्यकाभित्र एमबिबिएस अध्ययनका लागि ३८ लाख ५० हजार र काठमाडौं उपत्यका बाहिर ४२ लाख ५० हजार शुल्क लिन पाउने सीमा तोकेको थियो ।

मेडिकल कलेज

विशेष