राजनीति

कांग्रेस बरिष्ठ नेता पौडेलले खुलाए बामदेव चुनाव नलड्नुको यस्तो कारण 

कांग्रेस बरिष्ठ नेता पौडेलले खुलाए बामदेव चुनाव नलड्नुको यस्तो कारण 

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपाका नेता बामदेव गौतमले चुनाव नलड्नाले पार्टी कमजोर भइसकेको दाबी गरेका छन् ।

नेपाल प्रेस युनियन दाङले बुधबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले उपनिर्वाचनमा नेकपाका नेता गौतमले हारिने डरले चुनाव लड्दैन भन्नु नेकपा कमजोर भएको बलियो प्रमाण भएको बताए। उनले भित्र भित्रै सत्तारुढ नेकपा कमजोर भैसकेको  जिकिर गरे। 
 ‘बामदेव गौतम जस्तो नेताले उपचुनाव लड्दैन, मैले चुनाव हार्छु भन्नु नेकपा धेरै कमजोर भैसकेको प्रमाण हो’, उनले भने, ‘सरकारले जनहितका पक्षमा काम नगर्दा आफ्नो पार्टी धेरै कमजोर भैसकेको बामदेवजीले बुझ्नु भएको रहेछ।’ 

प्रतिनिधिसभा सदस्यका लागि रिक्त रहेको कास्कीमा आफू चुनाव लडे हार व्यहोर्ने भन्दै नेकपा नेता गौतमले चुनाव नलड्ने घोषणा गरिसकेका छन्। गौतमको उक्त भनाईलाई इंगित गर्दै कांग्रेस नेता पौडेलले नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र केपी ओलीकै अगाडि आफू चुनाव लड्ैन भनेर बामदेवले भन्नु अध्यक्षद्वयकै लागि ठूलो चुनौती खडा भएको समेत बताए।
 

विशेष