भिडियो

सोह्र श्राद्धको महत्व (भिडियोसहित)

सोह्र श्राद्धको महत्व (भिडियोसहित)

काठमाडौँ । हिन्दु धर्मावलम्बीहरु यतिबेला पितृ कार्यका लागि लागेका छन् । यस १६ तिथिमा श्राद्ध गरी पितृका लागि गरिने भएकाले यस समयलाई सोह श्राद्ध भनिन्छ । नेपाललगायत हिन्दु धर्मावलम्बी समुदायमा आश्विन कृष्ण प्रतिपदाबाट सोह्र श्राद्ध पर्व सुरु हुन्छ । यस समयमा घरघरमा मात्र नभएर कागबेनी, गोकर्ण बराहक्षेत्र, काशीगयालगायतका तीर्थस्थलमा पनि मानिसहरू पितृहरूको सम्झनामा श्राद्ध गर्ने प्रचलन छ ।

श्राद्ध भनेको श्रद्धापूर्वक आफ्ना दिवंगत पितृहरूलाई सम्झेर श्रद्धापूर्वक गरिने कार्य हो जुन पितृहरुका लागि गरिन्छ । कतिपयले यसलाई पितृपर्व पनि भनेका छन् । महालय वा पार्वणश्राद्ध, एकोद्दिष्टश्राद्ध, तीर्थश्राद्ध आदि विभिन्न श्राद्धहरू शास्त्रमा वर्णित छन् । आचार्य डिल्लीराम गौतमका अनुसार मनुले ५ प्रकृतिका श्राद्ध बताएका थिए । तर गौतमका अनुसार श्राद्ध ९६ प्रकारका हुन्छन् । आफ्ना पितृहरू दिवंगत भएको तिथिमा पनि श्राद्ध गरिन्छ । त्यस कारण यसलाई पितृपक्ष पनि भनिन्छ । 

प्रचीनकालमा प्रत्येक पर्व अर्थात् औँशीमा पितृयज्ञ गर्ने परम्परा थियो । यसो हुनुमा पितृहरू बस्ने लोकलाई चन्द्रलोक भनिन्छ । त्यहाँ पन्ध्र दिन अर्थात् एक पक्षको दिन र एक पक्षको रात हुन्छ र पितृहरूलाई दिनमा एक पटक हवी समर्पण गर्नुपर्छ भन्ने मान्यता नै कारण हो । तर, अहिले समयाभाव वा परंपरामा आएका परिवर्तनका कारण मरेको तिथिमा र सोह्र श्राद्धमा श्राद्ध गरिन्छ ।

श्राद्धमा पितृहरूलाई तर्पण र पिण्डदान गरिन्छ । पितृ शब्दले पितृ र मातृ दुवैलाई जनाउँछ । श्राद्धमा पिता, पितामह र प्रपितामहका साथै माता, घरकी हजुरआमा, मावलीका हजुरआमा लगायतलाई  तर्पण र पिण्ड समर्पण गर्ने चलन छ । 

श्राद्धमा तर्पण, पिण्डदान र भोजन गरी तीन पक्ष महत्वपूर्ण छन् । जसले पितृको श्रद्धा गर्दैन त्यसको घरमा अनेकन् समस्याहरु देखा पर्छन । पितृहरुको उद्धारका लागि श्रद्धापूर्वक गरिने कार्य श्राद्धका बारेमा आचार्य डिल्लीराम गौतससँगको कुराकानी जस्ताको तस्तै :  

श्राद्ध

विशेष